युवालाई कृषिमा आकर्षित गर्न सरकारले २५ प्रतिशत प्रतिफल सुनिश्चित गरिदिने

काठमाडौँ, २६ बैशाख । युवालाई कृषिमा आकर्षित गर्न सरकारले आगामी आर्थिक वर्षदेखि लागत खर्चमा न्यूनतम् २५ प्रतिशत प्रतिफल सुनिश्चित गरिदिने तयारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममार्फत यस्तो व्यवस्था गर्न लागेको हो ।

कृषि पेशाबाट विमुख भएका र वैदेशिक रोजगारबाट फर्केका युवा तथा कृषि कर्ममै खटिएका किसानको लागत खर्च सुनिश्चित गर्न मन्त्रालयले यस्तो कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

धान, गहुँ र उखुको समर्थन मूल्य तोकेजस्तै मन्त्रालयले अब केही खाद्यान्न बाली, तरकारी बाली, दलहन तथा तेलहन, फलफूल र माछामासुजन्य पदार्थको उत्पादनमा लाग्ने लागत खर्चमै २५ प्रतिशत न्यूनतम् प्रतिफल रकम जोडेर मूल्य तोकिदिने तयारी गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा