विपन्नलाई खाना बाँड्दै ‘रातामकै’ र ‘मुलासाग’

काठमाडौँ, २५ वैशाख । लकडाउनका कारण ठुलो पर्दाको चलचित्र र टेलिचलचित्रको छायांकनको काम यतिखेर ठप्प छ । अधिकाँश कलाकारहरु घरभित्रै छन भने केही कलाकारहरु भने दिनरात नभनी सामाजिक कार्यमा खटिईरहेका छन् ।

विगतदेखि नै सामाजिक कार्यमा सहभागी हुँदै आएका वरिष्ठ हाँस्य कलाकारद्वय किरण केसी ‘रातामकै’ र सुरेन्द्र केसी ‘मुलासाग’ छिनछिनमा परिवर्तन भईराख्ने बैसाखको मौसममा असहाय र विपन्न वर्गलाई खाना वितरण गरिहेका छन् ।

कोरोना भाईरस कोभिड—१९ को कारण विगत ४५ दिनदेखि मुलुक लडाउन भई दैनिक ज्यालादारी गर्ने मजदूरहरुलाई जीवनयापन गर्न अप्ठेरो परेको महसुस गर्दै वरिष्ठ हाँस्य कलाकारद्वय रातामकै र मुलासाग कहिले ललितपुर त कहिले भक्तपुरसम्म खाना वितरण गर्न पुगेका हुन ।

विहीबार पनि उनीहरु भक्तपुरको सुर्यविनायक चोकमा १६० जना, भक्तपुर क्यान्सर अस्पताल अगाडी दुधपाटीमा १३० जना र नयाँठिमी चोकमा ७० जनालाई खाना वितरण गर्न पुगेका थिए । उनीहरु मानव सेवा आश्रमको आह्वानमा विहीबार खाना वितरण गर्ने कार्यमा सहभागी भएका थिए । खाना खाने कार्यक्रममा मजदूर, वृद्धवृद्धा, केटाकेटी र शारिरीक अपाङ्गताहरुको सहभागिता थियो ।

यसैगरि कलाकार केसीद्वय ललितपुर महानगरपालिका वडा नं २ सानेपास्थित सामुदायीक सेवा केन्द्र र सामुदायीक प्रहरी सेवाद्वारा आयोजना गरिएको खाना वितरण कार्यक्रममा पनि सहभागी भए । उनीसंग नेकपा नेतृ पम्पा भुषाल पनि सहभागी थिइन् ।

ललितपुरको व्यवसायीक समूह ‘२१ ग्रुप प्रापर्टी डिलर्स’ का सद्भावनादूत र साझेदार समेत रहेका रातामकै र अर्का साझेदार मुलासाग केहीदिनअघि सो समूहले ललितपुरको महालक्ष्मी नगरपालिकालाई उपलब्ध गराएको करीव ३ लाख रुपैँया बराबरको १०० बोरा चामल र १० हजार थान मास्क वितरण कार्यक्रममा समेत सहभागी भएका थिए । वरिष्ठ हाँस्यकलाकारद्वय ‘रातामकै’ र ‘मुलासाग’ को साथै ‘२१ ग्रुप’ का कार्यकारी अध्यक्ष एवम् समाजसेवी राजकुमार केसीले महालक्ष्मी नगरप्रमुख रामेश्वर श्रेष्ठलाई ती सामाग्री हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौंडा, ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेपालको सदियौंदेखीको गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न

सप्तरी, ९ माघ । जनता समाजवादी पार्टी (जसप)का वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताउनुभएको छ । सप्तरीको

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवादका कारण दुई धार बनेको नेकपामा एक समूहबाट अर्को समूहमा आवद्ध