थाइल्याण्डको फुकेटमा नेपालीद्वारा खाद्यान्न सहयोग

काठमाडौँ, २५ वैशाख । नेपालीहरु मनका धनी हुन्छन भन्ने कुरा थाइल्याण्डमा बस्ने नेपाली समाजसेवीले प्रष्ट पारेका छन् । उनीहरु स्वदेशमा मात्रै नभई विदेशमा पनि कसैलाई परेको दुःख र पीडा टुलुटुलु हेरेर बस्न सक्दैनन भन्ने कुरा पुष्टि गरेका छन ।

विश्वव्यापी महामारी कोरोना भाईरस कोभिड—१९ का कारण समस्यामा परेका थाइल्याण्डको फुकेटका विपन्न परिवारलाई नेपालीहरुले राहत स्वरुप खाद्यान्नको जोहो गरिदिएपछि नेपालीहरुको जयजयकार गरिएको छ ।

श्री भगवत धाम सनातन मन्दीर फाउण्डेशन तथा थाई नेपाली समाज फुकेट थाइल्याण्डको संयुक्त आयोजनामा ती दुवै संस्थाका पदाधिकारीहरुले कोभिड १९का कारण खाद्यान्न समस्यामा परेका फुकेटवासीहरुलाई विहीबार खाद्यान्न वितरण गरेको हो ।

ती दुवै संस्था श्री भगवत धाम सनातन मन्दीर फाउण्डेशन तथा थाई नेपाली समाज फुकेट, थाइल्याण्डका संस्थापक अध्यक्ष डैङ्ग लिम्बुसहित ती दुवै संस्थाका पदाधिकारीहरुले करीव १८ लाख नेपाली रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको लिम्बुका नेपाली मित्र वरिष्ठ फोटो पत्रकार न्हुच्छेमान डंगोलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ। संवैधानिक इजलासमा भएको बहसमा मुद्दा

काठमाडौँ, २ माघ । सरकारले आजबाट ‘नागरिक मोबाइल एप्स’ सार्वजनिक गरी परीक्षण गरेको छ ।  मन्त्रीपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै आज सञ्चार तथा

काठमाडौँ, २ माघ । कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई औषधि व्यवस्था विभागले नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । विभागका

काठमाडौँ, २ माघ । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्लीमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य