आज नयाँ संक्रमित फेला परेनन्, रेड जोनमा सम्भावित ३३५ जना

काठमाडौँ, २५ बैशाख । आज नेपालमा नयाँ कोरोनाभाइरस संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ९९ जना कोरोनभाइरस संक्रमित फेला परेका छन् जसमध्ये ७१ जना पुरुष र २८ जना महिला रहेका छन् । निको भएका ३ जनामा पुनः कोरोनाभाइरसको संक्रमण देखिएपछि उनीहरुको पनि उपचार भइरहेको छ । सबैको स्वस्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म पीसीआर विधिबाट १४ हजार ५०९ जनाको परीक्षण भएको छ भने आरडीटी विधिबाट ५४ हजार ९३ वटा परीक्षण भइसेका छन् ।  प्रदेश १ मा ६५५९, प्रदेश २ मा ५३४८, बागमती प्रदेशमा ९०४४, गण्डकी प्रदेशमा ६३४९ जना, प्रदेश ५ मा ५७१३, कर्णाली प्रदेशमा ६६०८ तथा सुदूरपश्चिम प्रदेशमा १४ हजार ४७२ जनाको आरडीटी प्रविधिबाट परीक्षण भएका छन् ।

क्वारेन्टाइनमा १७ हजार ३७२ जना क्वारेन्टाइनमा रहेका छन् । आइसोलेसनमा उपत्यकामा तीन जनासहित कूल १३३ जना रहेका छन् । रेड जोनमा सम्भावित संक्रमितको संख्या ३३५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ माघ । थप २ सय ७० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६९ हजार ४

काठमाडौँ, ११ माघ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलासमा अधिवक्ताहरुलाई बजारका हल्लाको पछाडी नलाग्न आग्रह गरेका छन् । प्रधानमन्त्री

गुल्मी, ११ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अदालत र अख्तियारमा धूलो परेका फाइल सरकारले निकाल्न थालेको समेत बताउनुभयो । नेपाल

काठमाडौँ, ११ माघ । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतमा भइरहेको बहसमा वकिलहरूले विघटन असंवैधानिक कदम भएको