सप्तरी, २५ बैशाख । सप्तरीमा एक जना प्रहरीको ड्युटी गरिरहेकै अवस्थामा एक्कासी मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, राजविराजमा कार्यरत प्रहरी हवल्दार रामबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयभित्रै ‘स्ट्यान्डवाइ ड्युटी’ गरिरहेको बखत बिहीबार बिहान ३७ वर्षीय मगरको एक्कासी मृत्यु भएको जानइएको छ । मृतक प्रहरी हबल्दार उदयपुर जिल्ला निवासी हुन् । उनको मृत्युबारे तत्काल केही भन्न नसकिने र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरीको भनाइ छ ।