आजको मौसम

काठमाडौँ, २५ बैशाख । देशमा पश्चिमी न्यून चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु–भाग नजिक बनेको न्यून चापीय क्षेत्र  तथा  बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको सुदुरपश्चिमीका भू–भागमा सामान्य बदली र बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी आज दिउँसो देशको पश्चिमी भू–भागमा सामान्य बदलि र  बाँकी  भू–भागमा  आंशिक बदली रहनेछ ।देशको पश्चिमी भू–भागका केहि स्थानहरूमा  र मध्य–पूर्वी भू–भागका एक/दुई  स्थानमा मेघगर्जन,चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

आज राति भने देशभर सामान्य बदली रहने छ। देशको मध्य–पूर्वी भू–भागका केहि स्थानहरूमा र पश्चिमी भू–भागका एक/दुई  स्थानमा मेघगर्जन,चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाको मिटरब्याजलगायत ऋण मिनाहा गर्ने तयारी भइरहेको बताएकी छन्

काठमाडौँ, १६ चैत । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताएका छन्

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसको पार्टीको आदिवासी जनजाति विभागमा सदस्य मनोनीत भएका छन् । सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।