काठमाडौँ, २५ वैशाख । आज २५६४ औं बुद्ध जयन्ती, बाैद्ध धर्मावलम्वीहरूले घरघरमै विशेष स्मरण गरी मनाउँदै छन् ।
यस वर्ष काेराेना भाइरसकाे महामारीकाे त्रासदीबीच कुनै अाैपचारिक कार्यक्रम भने राखिएका छैनन्, शान्तिकाे कामना व्यक्तिगत रूपमै बुद्ध जयन्ती मनाइँदैछ।
शान्तिका अग्रदूत एवं एशियाका ताराकाे रूपमा प्रसिद्ध महामानव गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रूपमा महत्वका साथ स्मरण गर्ने गर्छन् ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम अत्यन्त सीमित व्यक्तिमाझ लुम्बिनीस्थित विहार, मोनाष्ट्री र गुम्बाका भिक्षु भिक्षुणी, लामागुरु, गुरुमा र अनागरिकाद्वारा मायादेवी मन्दिरमा विहान पूजापाठ गरी मनाइदैछ ।