काठमाडौँ, २४ वैशाख । नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) को दुई वाइडबडी जहाज आज चीनको बेइजिङ र अस्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्दैछ ।
निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन तथा सम्बन्धित देशले आफ्ना नागरिक ल्याउन निगमको वाइडबडी जहाज चार्टर्ड गरेका हुन् । उडान तालिकाअनुसार पहिलो चार्टर्ड उडान अस्ट्रेलियाको सिड्नीमा हुनेछ ।
वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ः३० बजे उड्ने र भोलिपल्ट साँँझ ५ बजे काठमाण्डौ विमानस्थलमा अवतरण गर्नेछ । दोस्रो जहाजले साँझ ५ः३० बजे बेइजिङमा कार्गो उडान गर्नेछ । भोलिपल्ट काठमाण्डौ फर्कने तालिका छ ।