मोटरसाइकलसहित पहिरोमा पुरिएर एक जनाको मृत्यु

काठमाडौँ, २४ वैशाख । मकवानपुरमा मोटरसाइकलसहित पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट इपातर्फ जानेक्रममा गए राति बा ४४ प ६०८५ नंको मोटरसाइकललाई कोगटेखोलामा आएको पहिरोले पुरेको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएर मोटरसाइकल चालक भीमफेदी गाउँपालिका–८ देउराली बस्ने २३ वर्षीय कृष्ण खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक खनालको शव परीक्षणका लागि प्रहरीले हेटौँडातर्फ ल्याउँदै गरेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी र एकजना बिचौलिया घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

काठमाडौँ, १४ माघ । काठमाडौँको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

सिमकोट, १४ माघ । जिल्ला कारागार हुम्लामा रहेका कैदीबन्दीले व्यक्तिगत खर्चले औषधोपचार गर्नुपरेको गुनासो गरेका छन् । कारागार हुम्लामा रहेका

काठमाडौँ, १४ माघ । काठमाडौँको दक्षिणकाली नगरपालिका ९ हुमानेमा ट्रक पल्टिँदा चालक र सहचालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बा