चट्याङबाट आगलागी, २ घर जल्यो

दाङ, २३ वैशाख । दाङमा चट्याङबाट आगलागी हुँदा २ तले घर जलेका छन् ।

चट्याङ लागि घोराही उपमहानगरपालिका–११, नारायणपुरका द्रोण केसीको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङबाट मानवीय क्षति नभए पनि दुईतले घर जलेर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । घर जले पनि मानवीय क्षति भने भएको छैन ।

आगलागीबाट करिब चार लाख रुपैयाँबराबरको क्षति भएको छ । घरभित्र रहेका लत्ताकपडा, सामग्री र खानेकुरा सबै जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

त्यसैगरी, तुलसीपुर उपमहानगरपालिका–८, अस्वाराका मोहन विकको घर भत्किएको छ । हावाहुरीसँगै परेको वर्षाले घर भत्किएको हो । घर भत्किँदा घरभित्रका खाद्यान्नलगायत सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवादका कारण दुई धार बनेको नेकपामा एक समूहबाट अर्को समूहमा आवद्ध

काठमाडौँ, ९ माघ । सरकारले बैशाख १७ गतेको पहिलो चरणको निर्वाचन चार वटा प्रदेशमा गर्ने तयारी गरेको छ । सशस्त्र

काठमाडौँ, ९ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अविश्वासको प्रस्ताव दर्ता भएका प्रदेश नं १ र वाग्मतीका सम्बन्धमा पार्टीको