बुटवल, २३ बैशाख । रुपन्देहीमा दुईजनाले एउटै रुखमा झुण्डिएर आत्महत्या गरेका छन् ।
श्रीमान रोजगारीको सिलसिलामा विदेश रहेका गुल्मी जिल्ला मदाने गाउँपालिका-५ मलागिरी घर भै रुपन्देहीको मोतिपुरमा वस्ने वर्ष २४ की गीता खडका क्षेत्री र उदयपुर जिल्लाका वर्ष ३० का हिरा श्रेष्ठ एउटै रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा प्रहरीले फेला पारेको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १९ मोतिपुरको जगलमा सिसौको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई दुवैजना सँगै जस्तै गरी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
एकछोरा रहेकी खड्काले किन उक्त परपुरुषसंग संगै आत्महत्या गरिन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुवै जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको प्रहरीले जनाएको छ ।