विषालु च्याउ खाँदा एकै परिवारका ५ बिरामी

चितवन, २३ बैशाख । वनबाट ल्याएको विषालु च्याउ खाँदा देवघाट गाउँपालिकाका एकै परिवारका पाँच जना बिरामी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिरामी हुनेमा देवघाट गाउँपालिका–५ का ४२ वर्षीय कृष्णबहादुर भुजेल, उनको श्रीमती ४० वर्षीया गौरीमाया, छोरा २१ वर्षीय तीर्थबहादुर, १७ वर्षीय मीनबहादुर र १५ वर्षीय धनलाल रहेका छन् ।

उनीहरू सोमबार बिहान घरनजिकैको वनबाट ल्याएको च्याउ खाँदा बिरामी परेका थिए । बिरामी परेपछि उनीहरूलाई सोमबार दिउँसो उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।

बिरामीहरुमध्ये कृष्णबहादुर र धनलाल गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर बिरामीको पुरानो मेडिकल कलेजमा सघन उपचारकक्षमा उपचार भइरहेको छ भने अन्यको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । यसअघि शनिबार र आइतबार जिल्लामा १२ जना विषालु च्याउ खाँदा बिरामी परेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ माघ । नेकपाका दुई पक्षले अलग–अलग ढंगले पार्टीमा गरेको फेरबदललाई निर्वाचन आयोगले पुनः अस्वीकार गर्ने भएको छ । दलको

काठमाडौँ, ११ माघ । स्थानीय तहले नयाँ आर्थिक वर्षको बजेट असार १० गतेभित्रै पारित गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि केही

काठमाडौँ, १० माघ । सत्ता स्वार्थ र परिवारवादी चरित्रका धनिको रुपमा परिचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौँ, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगका शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरेको शुल्क घटाउन निर्देशन