पोखरा, १५ बैशाख । पोखरा महानगरपालिकाले कोरोना रोकथाम र राहतका लागि नगरवासीका गुनासो सुनेर तत्काल सम्बोधन गर्न पैसा नलाग्ने हटलाइन नम्बर ११८१ र ११८६ सञ्चालनमा ल्याएको छ ।
महानगरपालिकाले यही वैशाख ३ गतेदेखि ११८१ नबर सञ्चालन गरेकोमा पुनः अर्को नम्बर ११८६ सोमबारदेखि सञ्चालनमा ल्याएको हो ।
कोरोना भाइरसको महामारीको समयमा नगरवासीका स्वास्थ्य सम्बन्धी गुनासा, बन्दाबन्दीले जोखिममा परेका समुदायको समस्या एवम् गुनासो सुनेर यथासम्भव तत्काल सम्बोधन गर्न टोली बनाइएको महानगरपालिका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए ।