तामाङ सोसाइटी अफ नर्थ अमेरिकाद्वारा कोभिड-१९ टास्क फोर्सलाई सहयोग

अमरिका, १४ वैशाख । टिएसएनए इमरजेन्सी फण्ड -२०१८ को संरक्षक समितिको जुम भिडियो कल मार्फत विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणको लागि रु २५ सय अमेरिकन डलर तामांग सोसाइटी अफ अमेरिका, न्यू योर्क मार्फत बनेको टिएसएनए कोभिड-१९ टास्क फोर्सलाई सहयोग गर्ने भएको छ ।

उक्त टास्क फोर्सले सहयोग रक़मको खर्च विवरण केन्द्रीय टि एसएनए कोभिड-१९ रेस्क्यु कमिटीले लाई बुझाउनु पर्ने गरि सहयोग हस्तांतरण गर्ने निर्णय भएको हो ।

बैठकले विभिन्न विषयमा व्यापक छलफल गर्दै “कोष संचालन कार्यविधि-२०१९” अनुसार फण्ड संचालन समितिको संयोजक न्युयोर्क निवासी सुर्य तामाङ मनोनित गरिएको छ । त्यसै गरि कोषका संस्थापक अध्यक्ष लक्यान लामालाई ४ बर्षका लागि संरक्षक समितिको प्रमुख संरक्षकमा मनोनित गरिएको छ ।

कोभिड-१९ ले सारा संसार तहस नहस पारि रहेको यो अवस्थामा फन्डको संचालन कार्यविधि-२०१९ ले जे जस्तो प्रकारको आपत विपतमा फण्डको कोष खर्च र संकलन गर्ने निर्देस्ट गरेता पनि हालको यस्तो विसम् परिस्थितिलाई मध्यनजर गर्दै यो महामारीबाट समुदायलाई संरक्षण गर्न केन्द्रीय कमिटीबाट बनेको टि एसएनए कोभिड-१९ रेस्क्यु कमिटीले आवश्यक भए अनुसार खर्च गर्ने गरि छुटाईएको १० हजार अमेरिकन डलरबाट कोरोना संक्रमणबाट न्युयोर्कवासी तामाङ समुदाय बढि नै भयावह अवस्थामा रहेको र निराकरणका लागि टास्क फोर्स समेत बनाएर काम थालेको हो ।

कोषको संरक्षक सृजना ग्लानले आफु कोषको संस्थापक मात्र बनेर बस्ने तर संरक्षक सदस्य नबन्ने अनुरोध भई आएकोले निज सृजना ग्लानको राजीनामा समितिले स्वीकृत गरेको छ । निजको राजीनामा स्वीकृत भए पश्चात कोष संरक्षक समिति ३३ सदस्यीय भएको छ ।

लक्यान लामा, सेर थोकर, ज्योति लामा, टेक लामा, डोल्मा लामा, नाम्गेल लामा, उमा तामाङ, निमा पाख्रिन, मथु लामा, डिम्पल योन्जन, सुर्य मोक्तान, सन्दिप गोले, कुमार दोङ, सुवास लामा, सन्तोष लामा, विनोद मोक्तान, लोक लामा, फुर्वा घिसिङ, प्रकाश लामा, सुर्य तामाङ, उत्तर लामा, छिरिङ लामा, प्रेम लामा, मनिक लामा, रोमी योन्जन सहित २५ जना संरक्षकहरुको सहभागी थियो ।

मोहन वाईबा नेपाल भएको कारण उपस्थित हुन सक्नु भएको थिएन संरक्षकहरु बुद्धबज्र लामा, प्रेम तामाङ, प्रेम स्याङतान, गोविन लोप्चन बैठकमा अनुपस्थित हुनु भएको थियो । तर संरक्षकहरु सुबास गोले, राम तामाङ र गोमा योन्जनले समितिको निर्णयमा सहमत जनाउने गरि अनुपस्थित हुनु भएको जानकारी गराईन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा