एकै परिवारका ३ जना मृत फेला

तनहुँ, १४ बैशाख । व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृतावस्थामा भेटिका छन् । अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया आज मृत भेटिएछि यतिबेला गाउँ शोकमा डुबेको छ ।

छोराको घाँटीमा डोरीले बाँधेको जस्तो दाग देखेपछि आमाले हत्या गरी फरार भएको हुन सक्ने प्रहरीले आशङ्का गरे पनि शनिबार आमाछोरी मादीसेती नदी किनारमा मृतावस्थामा भेटिएपछि प्रहरीले घटनाका बारेमा अहिल्यै केही भन्न नसकिने जनाएको छ ।

एकै परिवारका तीन जनाको मृत्युको खबरले यतिबेला गाउँ नै स्तब्ध भएको निर्मल टोल विकास संस्थाका अध्यक्ष अम्मर भण्डारीले जानकारी दिए । मृतक रवीनाका श्रीमान् हरिकृष्ण भारतीय प्रहरीबाट अवकाशपछि भारतमा नै काम गर्दै आएका छन् । यहाँ भएको घटनाबारे दाजुलाई जानकारी गराइसकिएको उनका भाइ मोहनकृष्णले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्