जेठ २ सम्म हवाई उडान स्थगीत गर्ने उच्चस्तरिय समन्वय समितिको निर्णय

काठमाडौँ, १३ वैशाख । उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस (कोभिड-१९)को रोकथाम तथा नियन्णको लागि सरकारले गरेको लकडाउनकै कारण संक्रमण फैलिन नपाएको निष्कर्ष निकाल्दै मे १५ सम्म हवाई उडान स्थगीत गर्ने निर्णय गरेको छ ।

शनिबार सिंहदरबारमा बसेको बैठकले लकडाउनलाई निरन्तरता दिने निष्कर्ष निकालेको भएता पनि औपचारिक निर्णय भने मन्त्रिपरिषद्ले गर्ने समिति संयोजक ईश्वर पोखरेलले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले पनि लकडाउनकै कारण संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको समन्वय समितिको निष्कर्ष रहेको सुनाउनुभयो । उदयपुरको एउटा घटनाबाहेक अन्यत्र संक्रमित कम रहेको भन्दै उहाँले भन्नुभयो, ‘हामी सही ट्र्याकमा छौँ । तर, छिमेकी मुलुकहरूको अवस्थालाई हेरेर जानुपर्छ । अब कति दिन थप्ने, के गर्ने भन्ने मन्त्रिपरिषद्ले गर्नेछ ।’

उत्पादन, ढुवानी र वितरणलाई सहज बनाउने, हिमाली जिल्लाहरूमा खुला गर्ने लगायतका सुझाव पनि बैठकमा आएको थियो । एक मन्त्रीले भन्नुभयो, ‘बैठकमा भएको छलफलका आधारमा उपप्रधानमन्त्रीसहित सचिवहरूको टिम बसेर प्रस्ताव तयार पार्छ । त्यसअनुसार मन्त्रिपरिषदले आवश्यक निर्णय गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

गलकोट, ५ बैशाख । पत्रकारको न्यूनतम ज्याला कम नै हुन्छ । प्रविधिले पत्रकारलाई निकै खर्चिलो बनाउँदै लगेको छ ।  उनीहरुका

काठमाडौँ, ५ बैशाख । कर्णाली प्रदेश सरकारले चैते दशैँका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को

बाँके, ५ बैशाख । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१२ कोरियनपुरबाट प्रहरीले ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ । लागु औषध

नेपालगञ्ज, ५ बैशाख । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष वार्डमा उपचाररत

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021