जरायोको सुकुटी भनेर फेसबुकमा लेख्ने पक्राउ

काठमाडौँ, १२ बैशाख । दाङमा फेसबुकमा जरायोको सुकुटी पकाएको भन्दै आफ्नो फोटो राख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गढवा गाउँपालिका वडा नम्बर ६ का शिवराज पुनले फेसबुकमा लकडाउनको टाइम पास, आजको नास्ता जरायोको सुकुटी भन्दै आफ्नो फोटो राखेका थिए ।

जरायो संरक्षित जनावर हो । त्यसैले संरक्षणकर्मीहरुले पुनको स्टाटसबारे वन कार्यालयलाई जानकारी गराउँदै अनुसन्धानको माग गरे । त्यसलगत्तै शुक्रबार बिहान प्रहरीले उनलाई पक्राउ गरेर वन कार्यालयको जिम्मा लगाएको थियो ।

तर, अनुसन्धानको क्रममा पुनले जरायोको नभइ राँगाको मासु पकाएको खुलेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । गढवाका इन्सपेक्टर मोहनसिंह राठौरले भने, ‘उनले जरायोको मासु पकाएको भनेर लेखे पनि अनुसन्धानको क्रममा राँगाको मासु पकाएको थाहा भयो । त्यसपछि आवश्यक परेको बेला उपस्थित हुने सर्तमा छाडियो ।’

प्रहरीका अनुसार पुनले पनि जरायोको मासु नभएको बयान दिएका छन् । आफूले नभइ अरुले नै आफ्नो फेसबुकमा सो फोटो अपलोड गरिदिएको पनि उनले बताएका छन् । त्यसपछि वन कार्यालयले गढवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बालचन्द्र हमालको जिम्मा लगाएर पुनलाई छाडेको छ । अहिले भने पुनको फेसबुक स्टाटस डिलिट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ

काठमाडौँ, ५ बैशाख । बार्सिलोनाले स्पानिस कोपा डेल रेको फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा मेसीको दुई

काठमाडौँ, ४ बैशाख । त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले

काठमाडौँ, ४ बैशाख । महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सका लागि दुई सयौँ खेल खेल्दा चेन्नाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021