मन्त्री परिषद्का १० वटा निर्णयहरु सार्वजनिक (सूचीसहित)

काठमाडौँ, ११ वैशाख । सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो समय सरकारले गरेका निर्णयहरु सार्वजनिक गर्नुभएको छ ।

निर्णयहरु 

१. कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि छिमेकी मुलुकको जोखिमको अवस्था हेरी लकडाउनको बारेमा निर्णय हुने, साथै छिमेकी मुलुकमा कोरोना रोकथामको प्रयास र नेपालमा स्वास्थ्य उपचारको पूर्व तयारी, स्वास्थ्य परीक्षणका विधिहरु, उपकरण तथा स्वास्थ्यकर्मी अवस्थालाई ध्यानमा राखेर लक डाउन खुल्ने । नागरिकहरुमा कोरोनाप्रति चेतनाको विकास भएको कतिको भएको भन्ने कुराले पनि प्रभाव पार्ने साथै जोखिममुक्त छौँ भन्ने भएपछि मात्रै खोल्ने,

२. असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुलाई काममा आवद्ध गर्न आधारभूत उद्योग, विकास निर्माणका काम र केही सेवा क्षेत्रहरु खुला गर्ने तयारी,

३. नवलपरासी बर्दाघाट सुस्ता पश्चिम् र दाङ जिल्लाको छुट जग्गा नापजाँचका लागि सम्बन्धित जिल्लाका नापी कार्यालयहरुर्लाइ खटाउने,

४. मुस्ताङ र काभ्रेपलान्चोक जिल्लाको जग्गा पनि पुनः नापजाँच गर्ने,

५. विद्युत सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृत दिने,

६. जनस्वास्थ सेवा एन २०७५ अन्तरगत पशु क्वरेनी निकाएको अनुसन्धान तहकिकात गर्नका लागि ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारिलाई अनुसन्धान गर्ने अधिकारी तोक्ने,

७. विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १० करोड अमेरिकी डलर रिन सहायता स्वीकार गर्ने,

८. अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मालपोत कार्यालयको संगठन समरचना र दरबन्दी स्वीकृत गर्ने,

९. लिखु जातजाति तथा आयोजनाबाट उत्पादित विद्युतलाइ न्यु खिम्ती सबस्टेशनसँग जोडने विषयमा केन्द्रीय प्रसारण लाइनलाई रामेछाप र दोलखाका ७ वटा सामुदायिक बन प्रयोग गर्ने,

१०. नेपाल बाल संगठन र बालमन्दिरसँग सम्बन्धि उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २०७७ बैशाख २० गतेदेखि १ महिना थप्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका