दक्षिणकाली नगरपालिकाद्वारा दश लाखको आकस्मिक कोष स्थापना

काठमाडौँ, १३ चैत । दक्षिणकाली नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) सङ्क्रण फैलन सक्नेप्रति सचेत बन्दै नगरपालिकाले दश लाख रुपियाँको आकस्मिक कोष खडा गरेको छ । नगरपालिकाले नगरबासीको हितलाई ध्यानमा राखि उक्त कोष खडा गरेको हो ।

उक्त कोषमा सहयोग गर्नुहुने जो कोही इच्छुक संघ, संस्था, उद्योगी, व्यवसायि, राजनीतिककर्मी, समाजसेवी, बैंक तथा सहकारी संस्था लगायतका व्यक्ति संस्थालाई नगरपालिकाले कोषमा रकम जम्मा गर्न आग्रह गरेको छ ।

नगरपालिकाको नाममा राष्ट्रिय वाणिज्य बैंक फर्पिङ शाखामा रहेको खाता नं. १२००००००७७०१ जम्मा गरी सहयोग गर्न नगरप्रमुख मोहन बस्नेतद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । कोरोना भाइरसबाट कसैको पनि आकस्मिक रुपमा ज्यान जानबाट रोक्नका लागि नगरपालिकाले आकस्मिक कोष खडा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २२ चैत । सहज परिस्थितीमा मात्र नभई विपद् र संकटको घडिमा समेत विपन्न परिवारको सारथीको रुपमा रहन सफल भएको

काठमाडौँ, २२ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको

काठमाडौँ, २२ चैत । विश्वमा नै महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले नेपालका मात्र नभई विश्वका नै राजनीतिककर्मी फुर्सदिला बनेका

काठमाडौँ, २२ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले विश्वमा महामारिको रुपमा फैलिएको