धनुषा बम विष्फोटका आरोपी एकजना पक्राउ

धनुषा, १३ चैत । साढे तीन महिनाअघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित महेन्द्रनगरमा तीन जनाको ज्यान जाने गरी गराइएको बिष्फोटमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका वडा नम्बर-३ तेजनगर निवासी गंगा मण्डल खत्बेलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ । गत २७ मंसीरमा राजेश साहको घरमा बम बिष्फोट हुँदा उनीसहित उनका छोरा आनन्द र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमीर दाहालको मृत्यु भएको थियो ।

उक्त बिष्फोटमा संलग्न रहेको भन्दै प्रहरीले हालसम्म ८ जनालाई पक्राउ गरेर मुद्दा चलाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २२ चैत । सहज परिस्थितीमा मात्र नभई विपद् र संकटको घडिमा समेत विपन्न परिवारको सारथीको रुपमा रहन सफल भएको

काठमाडौँ, २२ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको

काठमाडौँ, २२ चैत । विश्वमा नै महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले नेपालका मात्र नभई विश्वका नै राजनीतिककर्मी फुर्सदिला बनेका

काठमाडौँ, २२ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले विश्वमा महामारिको रुपमा फैलिएको