प्रहरीको कुटाईबाट एक युवाको मृत्यु

काठमाडौँ, १३ चैत । कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर बुधबारदेखि भारतमा २१ दिन लामो लक डाउन सुरू गरिएको छ ।

लक डाउनका बेला बाहिर निस्कनेलाई त्यहाँको प्रहरीले दुर्व्यवहार गर्ने गरेको छ । बुधबार प्रहरीको कुटपिटबाट पश्चिम बंगालमा एक जना युवाको ज्यानै गएको छ ।

पश्चिम बंगालस्थित हाउराह जिल्लाका ३२ वर्षीय लाल स्वामी बुधबार साँझ दूध किन्न भन्दै घरबाट निस्किएका थिए ।  सडकमा पुगेपछि प्रहरीले उनलाई कुटपिट गर्‍यो । घाइते  भएका उनलाई अस्पताल लैजाँदै मृत्यु भयो । उनको परिवारले प्रहरीले हानेको चोटबाट स्वामीको मृत्यु भएको आरोप लगाएका छन् ।

प्रहरीले भने उनलाई हृदयघात भएर मृत्यु भएको दाबी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २२ चैत । सहज परिस्थितीमा मात्र नभई विपद् र संकटको घडिमा समेत विपन्न परिवारको सारथीको रुपमा रहन सफल भएको

काठमाडौँ, २२ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको

काठमाडौँ, २२ चैत । विश्वमा नै महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले नेपालका मात्र नभई विश्वका नै राजनीतिककर्मी फुर्सदिला बनेका

काठमाडौँ, २२ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले विश्वमा महामारिको रुपमा फैलिएको