नेकपाले दियो क्वारेन्टाइनका लागि कार्यालय भवन

काठमाडौँ, १३ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले क्वारेन्टाइन निर्माणका लागि आफ्नो पार्टी कार्यालय उपलब्ध गराउने घोषणा गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण मूलुकमा स्वास्थ्य सङ्कट सिर्जना भएको अवस्थामा राज्यलाई साथ दिनुपर्ने बेला आएका भन्दै दिक्तेलको भवनगैरामा रहेको पुष्पपाल स्मृति भवनलाई क्वारेन्टाइनका रुपमा उपयोग गर्न उपलब्ध गराउने घोषणा गरेको हो ।

नेकपाका जिल्ला अध्यक्ष देवान किराँती र सचिव रामप्रसाद दंगालको संयुक्त हस्ताक्षर भएको प्रेस विज्ञप्ति जारी गर्दै सङ्कटको घडीमा राज्यका हरेक कदममा साथ दिनु राजनीतिक पार्टी, संघसंस्था र जनताको दायित्व भएकाले आवश्यक परेको अवस्थामा क्वारेन्टाइनका रुपमा उपयोगका लागि आफ्नै पार्टी कार्यालय दिने घोषणा गरिएको छ । नेकपाको यस घोषणासँगै तीन तले पक्की भवन क्वारेन्टाइनका लागि उपयोग गर्न सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २२ चैत । सहज परिस्थितीमा मात्र नभई विपद् र संकटको घडिमा समेत विपन्न परिवारको सारथीको रुपमा रहन सफल भएको

काठमाडौँ, २२ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको

काठमाडौँ, २२ चैत । विश्वमा नै महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले नेपालका मात्र नभई विश्वका नै राजनीतिककर्मी फुर्सदिला बनेका

काठमाडौँ, २२ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले विश्वमा महामारिको रुपमा फैलिएको