कोरोना भाइरस नियन्त्रणका लागि ६ ओटा कदम चाल्नुपर्ने डब्ल्यूएचओ सुझाव

काठमाडौँ, १३ चैत । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि दोस्रो अवसरको सदुपयोग गर्न अपील गरेको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयिससलेे बुधबार नियमित जानकारी दिने क्रममा अहिले गरिएको लकडाउनले एउटा अवसरको ढोका खुलेको बताए । यसको सदुपयोग गरी कोभिड-१९लाई नियन्त्रण गर्न उनले सुझाव दिएका छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि प्रमुख ६ ओटा कदम चाल्नुपर्ने विश्व स्वास्थ्य संगठनको सुझाव छ ।

हरेक मुलुकलाई आफ्नो स्वास्थ्य स्याहार र सार्वजनिक स्वास्थ्य जनशक्ति बढाउने, तालिम दिने र उनीहरुलाई खटाउने ।

उपलब्ध प्रणालीको प्रयोग सबै शंकास्पद संक्रमित पहिचानको लागि गर्नुपर्ने ।

परीक्षणको उत्पादन, क्षमता र उपलब्धता बढाउनु पर्ने  ।

बिरामीको उपचार तथा आइसोलेशनमा राख्न आवश्यक सबै किसिमको सुविधाको व्यवस्था गर्ने ।

स्पष्ट योजना बनाउने र सबै सरकार कोभिड-१९ लाई रोक्न लागि पर्नुपर्ने ।

यी कदम नै भाइरसको नियन्त्रणका लागि सबैभन्दा राम्रो योजना भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ चैत । एजेन्टलाई ‘चार्टर्ड फ्लाइट’बापतको कमिसन नदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमका नेतृत्वलाई

काठमाडौँ, २५ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज मंगलबार बस्ने भएको छ  । आज दिउँसो

काठमाडौँ, २४ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जुन अस्पतालमा कोरानाको बिरामीको उपचार हुन्छ त्यो अस्पताल पूर्ण रुपमा कोरोनाकै

काठमाडौँ, २४ चैत । सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको