झण्डै दोब्बर मूल्यमा तरकारी बेच्ने तीन जना पक्राउ

जनकपुरधाम, १३ चैत । कोरोना भाइरसबाट बच्न सरकारले जारी गरेको लकडाउनको समयमा दोब्बर मूल्यमा तरकारी बेच्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधामबाट जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले आलु र प्याज झण्डै दोब्बर मूल्यमा बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । आलु ५० रुपैयाँ प्रति किलो र प्याज एक सय रुपैयाँ प्रति किलोमा बिक्री गरिरहेका उनीहरुलाई आलु र प्याजसहित पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार जनकपुरधाम उप महानगरपालिका ४ वस्ने ४८ बर्षीय प्रदिप अग्रवाललाई कदम चोकबाट भुतनाथ जाने बाटोबाट, सोही ठाउँका २० बर्षीय अंकीत साहलाई महाबीर चोकबाट र २० बर्षकै विकाश कुमार साहलाई महाबीर चोकबाटै पक्राउ गरिएको छ ।

लक डाउनअघि आलु ३० रुपैयाँ प्रति किलो प्याज ६० रुपैयाँमा बिक्री भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ चैत । एजेन्टलाई ‘चार्टर्ड फ्लाइट’बापतको कमिसन नदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमका नेतृत्वलाई

काठमाडौँ, २५ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज मंगलबार बस्ने भएको छ  । आज दिउँसो

काठमाडौँ, २४ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जुन अस्पतालमा कोरानाको बिरामीको उपचार हुन्छ त्यो अस्पताल पूर्ण रुपमा कोरोनाकै

काठमाडौँ, २४ चैत । सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको