‘वनका राजा पनि लकडाउनमा’

काठमाडौँ, १३ चैत । ‘आफुलाई वनको राजा’ भन्न मनपराउने राउटे समुदायको बस्तीमा ‘लकडाउन’ गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका –२ सत्तरी नजिकै छिन्चुखोलामा बसोबास गरिरहेका वनका राजाले जनतामा कोरोना संक्रमण नहोस भन्नका लागि ‘लकडाउन’ गरिएको बताए ।

नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाको रुपमा चिनिएको राउटे दक्षिण एसियाको एकमात्र भ्रमणशिल समुदाय हो । कोरोना संक्रमण रोक्नका लागि राउटे समुदायलाई बस्तीबाट बाहिर आउन नदिने र गैरराउटेलाई राउटेको बस्तीमा जान बन्देज गरिएको भेरीगंगा नगरपालिका नगरप्रमुख भुपेन्द्रबहादुर चन्दले बताए । ‘हामीले वनका राजाको ‘बस्ती अनुगमनका लागि इलाका प्रहरी कार्यालय छिन्चुलाई जिम्मेवारी दिएका छौं।’ नगरपालिकाले राउटे समुदायका मानिसहरुलाई हात धुन सिकाउनका लागि स्वास्थ्यकर्मी पनि खटाएको उनले जानकारी दिए ।

खुल्ला दिसा–पिसाव गर्ने, सरसफाईमा कमै ध्यान दिने यो समुदाय पनि कोरोनाको उच्च जोखिममा छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ चैत । एजेन्टलाई ‘चार्टर्ड फ्लाइट’बापतको कमिसन नदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमका नेतृत्वलाई

काठमाडौँ, २५ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज मंगलबार बस्ने भएको छ  । आज दिउँसो

काठमाडौँ, २४ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जुन अस्पतालमा कोरानाको बिरामीको उपचार हुन्छ त्यो अस्पताल पूर्ण रुपमा कोरोनाकै

काठमाडौँ, २४ चैत । सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको