एक परिवारलाई मासिक एक सिलिन्डर

काठमाडौँ, १३ चैत । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा नयाँ वितरण नीति तथा प्रणाली लागू गरी सो व्यवस्था गरेको हो ।

त्यसका लागि बिक्रेताले उपभोक्ताको नाम, ठेगाना नागरिकता नम्बर र फोन नम्बरसहितको तथ्याङ्क राख्नुपर्नेछ । सो तथ्याङ्क जिल्ला प्रशासन कार्यालय वा निगमले अनुगमनका बेला वा जुनसुकै बेला पनि बिक्रेतासँग माग्न सक्नेछ । ग्यास उद्योगले डिलर बिक्री गरेको सिलिन्डरको परिमाण र डिलरले उपभोक्तालाई बिक्री गरेको परिमाण नियमित रूपमा परीक्षण गर्नुपर्नेछ ।

निगमका अनुसार ग्यास उद्योगले बिक्रेतालाई पठाउने ग्यास सिलिन्डरको परिमाण, बिक्रेताको नाम, ठेगाना, प्यान वा भ्याट नम्बरलगायतका विवरण खुलाउनुपर्नेछ । निगमको स्वीकृतिबिना ग्यास बिक्री गर्न पाइने छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ चैत । कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका मालिन सुलभ अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो नक्सालबाट

काठमाडौँ, २५ चैत । सर्वोच्च अदालतले सीमामा रोकिएका सबै नेपाली नागरिकलाई नेपाल ल्याउन सरकारलाई आदेश दिएको छ । सर्वोच्चले सरकारबिरुद्ध

काठमाडौँ, २५ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विश्व स्वास्थ्य दिवस २०२० को उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ

काठमाडौँ, २५ चैत । देश लकडाउनमा रहेर आम मानिस घरभित्र बस्न बाध्य भैरहेका बेला सत्ता राजनीतिमा भने अर्कै तनाव र