मेलम्चीका सबै योजना ठप्प, दशैंअघि काठमाडौँमा पानी आउन नसक्ने

काठमाडौँ, १३ चैत । कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलन नदिन सरकारले देशभर ‘लकडाउन’ गरेपछि बहुचर्चित मेलम्ची खानेपानीलगायत सिन्धुपाल्चोकमा सञ्चालित सबै योजनाका काम ठप्प भएका छन् ।

‘राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा समेत कोरोनाको प्रत्यक्ष प्रभाव परेको छ,’ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने, ‘देशभर लकडाउन भएपछि हामीले आयोजनामा भइरहेका सबै काम रोकेका छौँ ।’

एक साताअघि मात्रै खानेपानीमन्त्री बिना मगरको उपस्थितीमा मेलम्ची खानेपानी आयाेजना सुरुङमा पानी हालेर पहिलो परीक्षण सम्पन्न भएको थियो । दशैंअघि नै मेलम्चीको पानी काठमाडौँ ल्याउने योजनाअनुसार काम भइरहेको भएपनि कोरोनाका कारण ढिला हुनसक्ने कार्यकारी निर्देशक खत्री बताउँछन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ चैत । एजेन्टलाई ‘चार्टर्ड फ्लाइट’बापतको कमिसन नदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमका नेतृत्वलाई

काठमाडौँ, २५ चैत । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज मंगलबार बस्ने भएको छ  । आज दिउँसो

काठमाडौँ, २४ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जुन अस्पतालमा कोरानाको बिरामीको उपचार हुन्छ त्यो अस्पताल पूर्ण रुपमा कोरोनाकै

काठमाडौँ, २४ चैत । सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको