यो सरकार ५ वर्षसम्म चल्छ, अन्य कुनै विकल्प छैन : उपप्रधानमन्त्री पोखरेल

विराटनगर, १६ फागुन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको विकल्प खोज्ने कतै चर्चा र चाहना समेत नभएको बताउँदै यही सरकार ५ वर्ष सम्म चल्ने स्पष्ट पार्नुभएको छ ।

प्रेस संगठन प्रदेश न. १ को भोलि इटहरीमा हुने शपथ ग्रहण समारोह भाग लिन जाने क्रममा आज बिराटनगर एयरपाेटमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई प्रक्रिया पु¥याएर राष्ट्रिय सभामा लैजाने बताउनु भएको छ ।

नेकपाका सचिवालय सदस्य समेत रहनु भएका उपप्रधानमन्त्री पोखरेलले वामदेव गौतमलाई तत्कालै राष्ट्रिय सभामा लैजाने निर्णय नभएको बताउँदै नेकपा सचिवालयको निर्णय कार्यान्वयनका लागि नै भएको बताउदै समय आएपछि प्रक्रिया पु¥याएर नेता गौतमलाई राष्ट्रिय सभामा लैजाने जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले सरकारलाई असफल पार्ने प्रयास भइरहेको भएपनि यसलाई एकजुट भएर निस्तेज पार्ने बताउनु भयो ।

नेपाल ट्रष्टको जग्गा हकभोग सम्बन्धमा सोधिएको प्रश्नमा उपप्रधानमन्त्री पोखरेलले नेपाल ट्रष्टले श्वेत पत्र मात्र जारी गरेको र तिथिमितिमा केही अन्यथा परेको भए सच्याइने जानकारी दिनुभयो । उहाँले नेपाल ट्रष्टको जग्गा हकभोगका लागि दिँदा गल्ती नगरेको व्यक्तिले डराउनु नपर्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २२ चैत । सहज परिस्थितीमा मात्र नभई विपद् र संकटको घडिमा समेत विपन्न परिवारको सारथीको रुपमा रहन सफल भएको

काठमाडौँ, २२ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको

काठमाडौँ, २२ चैत । विश्वमा नै महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले नेपालका मात्र नभई विश्वका नै राजनीतिककर्मी फुर्सदिला बनेका

काठमाडौँ, २२ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले विश्वमा महामारिको रुपमा फैलिएको