अमेरिकी राजदूतावासको कर्मचारी भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, १६ फागुन । अमेरिकी राजदुतावासको कार्यकारी व्यवस्थापक हुँ भन्दै नक्कली परिचय पत्र देखाई ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

अमेरिका पठाउने विश्वास दिलाउन विभिन्न व्यक्तिलाई काठमाडौँस्थित अमेरिकी दूतावासको कर्मचारी भन्दै लाखौँ रकम लिई ठगी गर्दै आएका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ९ स्थित ज्यामिरे डाँडाका ४१ वर्षीय विकास भन्ने केदार खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चावहिलबाट पक्राउ गरेको हो। उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक