आर्थिक वृद्धिसँगै वित्तीय स्थायित्वमा ध्यान दिन आवश्यक : मन्त्री खतिवडा

काठमाडौँ, १६ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले उच्च अंकको आर्थिक वृद्धिसँगै मुलुकमा वित्तीय स्थाष्त्विमा समेत ध्यान दिनु पर्ने बताएका छन् ।

नेपाल राष्ट्र बैंकको आयोजनामा आजदेखि काठमाडौंमा शुरु भएको तेस्रो इकनमिक तथा फाइनान्स कन्फ्रेन्सको उद्घाटन गर्दै मन्त्री खतिवडाले आर्थिक वृद्धितर्फमात्रै ध्यान दिएर नहुने बताए ।

उनले भने, ‘अहिले हामीले उच्च अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेका छौं, लक्ष्यको नजिकमा हामी पुग्छौं नै, ‘तर हामीले आर्थिक वृद्धिसँगै वित्तीय स्थायित्वलाई समेत ध्यान दिनु पर्ने हुन्छ ।’ बैंकले गर्ने काम गैर बैंकिङ संस्थाहरुले गर्न नहुने अर्थमन्त्री खतिवडाले बताए ।

शनिबारसम्म चल्ने उक्त सम्मेलनमा वित्तीय संघीयता, सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापार, विनिमय दर व्यवस्था, पुँजी प्रवाह, रेमिट्यान्स लगायतका विषयमा ५० भन्दा बढी कार्यपत्रहरु प्रस्तुत हुने राष्ट्र बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २२ चैत । सहज परिस्थितीमा मात्र नभई विपद् र संकटको घडिमा समेत विपन्न परिवारको सारथीको रुपमा रहन सफल भएको

काठमाडौँ, २२ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको

काठमाडौँ, २२ चैत । विश्वमा नै महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले नेपालका मात्र नभई विश्वका नै राजनीतिककर्मी फुर्सदिला बनेका

काठमाडौँ, २२ चैत । प्रधानमन्त्री केपी शर्माओलीले चिनियाँ सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवसमा त्यहाँको सरकार र जनताप्रति ऐक्यवद्धता प्रकट