देशलाई विकास र समृद्ध बनाउन कसैले रोकेर रोक्न सक्दैन : प्रम ओली

झापा, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश समृद्धि बनाउन लडाइँको मैदानमा भएको बताउँदै मुलुकमा सुशासन कायम गरेर देशलाई विकास र समृद्ध बनाउन कसैले रोकेर रोक्न नसक्ने दावी गर्नुभएको छ ।

झापाको दमक–चिसापानी(रवि कालोपत्र सडकको आज शिलान्यास समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शुरु गरेको विकास र समृद्धिको कामलाई देखेर देशी, विदेशी तथा प्रतिक्रियावादी शक्तिहरुबाट चलखेल भइरहेको बताउनुभयो । विकास र समृद्धि नचाहने शक्ति सरकारलाई चारैतिरबाट कमजोर बनाउन उद्धत रहेको उल्लेख गर्दै उहाँले त्यस्ता चलखेलविरुद्ध वर्तमान सरकार निर्धक्कका साथ जुधिरहेको बताउनुभयो ।

वर्तमान सरकार जनताको सरकार भएकाले त्यस्ता प्रतिक्रियावादी शक्तिहरुसँग जुध्न सक्षम भएको र सरकारविरुद्धका त्यस्ता चलखेल सरकारलाई सह्य नहुने चेतावनी दिँदै प्रधानमन्त्री ओलीले देशलाई समृद्धि बनाउने द्रुत काम लक्ष्यअनुसार पूरा हुने दावी गर्नुभयो ।

सरकारी तथा सार्वजनिक सम्पत्ति कब्जा गर्ने कार्यमा कसैलाई छुट नभएको र त्यस्ता गलत कार्यमा संलग्न भए सरकारले कारवाही गर्ने चेतावनी दिँदै उहाँले जग्गाविहीन सुकुम्वासीलाई सरकारले घर बनाइदिने उद्घोष गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २२ चैत । सहज परिस्थितीमा मात्र नभई विपद् र संकटको घडिमा समेत विपन्न परिवारको सारथीको रुपमा रहन सफल भएको

काठमाडौँ, २२ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको

काठमाडौँ, २२ चैत । विश्वमा नै महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले नेपालका मात्र नभई विश्वका नै राजनीतिककर्मी फुर्सदिला बनेका

काठमाडौँ, २२ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले विश्वमा महामारिको रुपमा फैलिएको