मोटरसाइकललाई टिपरले ठक्कर दिँदा दुईको मृत्यु, एक घाइते

मोरङ, ३ फागुन । विराटनगर महानगरपालिका–४ ढाटमा तीन जना सवार मोटरसाइकललाई टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भनेएक जना घाइते भएका छन् ।

विराटनगरबाट इटहरी तर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १६०८ नम्बरको मोटरसाइकललाई को १ ख ७३०९ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक सिराहा सुखीपुर नगरपालिका–२ का २४ वर्षीय मोहम्मद ओजिर राइन र सप्तरी चण्डीमलहनिया गाउँपालिका–२ का २८ वर्षीय हरेराम साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, सप्तरी रुपनीका १८ वर्षीय धनराज यादव द्दाइते भएका छन् । उनको उपचार भइरहेको छ । तीव्र गतिमा रहेको मोटरसाइकलले टिपरलाई ओभरटेक गर्ने क्रममा टिपरले ठक्कर दिएको बताइएको छ ।

ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १७ फागुन । १० लाख श्रोत नखुलेको अवैध रकम सहित दुईजना भारतीय पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल

काठमाडौँ, १७ फागुन । मौसम पूर्वानुमान महाशाखाले प्रादेशिक साप्ताहिक मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले शुक्रबारदेखि बिहीबारसम्म सातै वटा

रौतहट, १७ फागुन । कटहरिया नगरपालिकामा एकजनाले आफ्नै छिमेकीमाथि धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेका छन् । शुक्रबार राति

काठमाडौँ, १७ फागुन । सरकारले औपचारिक रूपमा पश्चिम सेती परियोजनाको निर्माण अझै अगाडि बढाउन सकेको छैन । हरेक निर्वाचनमा मुख्य रूपमा