कार दुर्घटना हुँदा एकको मृत्यु, ७ घाइते

बुटवल, ३ फागुन । नवलपरासीमा  भारतीय नम्वर प्लेटको कार दुर्घटना हुँदा एक जनाको  मृत्यु भएको छ भने सातजना गम्भीर घाइते भएका  छन् ।

शनिवार बिहान करिव ६ बजेको समयमा नवलपरासीको सुनुवल–३ स्थित महेन्द्र राजमार्गमा पश्चिमबाट  पूर्वतर्फ  आउँदै गरेको युपी ३२ जेजे ३२५३ नम्बरको भारतीय कार आफै अनियन्त्रित भई पल्टिदा  सवार आठ जना मध्ये एक  जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बारा  जिल्ला झिटक्या गाउँपालिका २ का ५५ बर्षीय रियाजुल मिया रहेको प्रहरीले जनाएको छ । अन्य ७ जनाको बुटवलको जेनस अस्पतालमा उपचार भइरहेको नवलपरासीका प्रहरी प्रबक्ता डिएसपी बीरेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार साँझ फिल्म ‘द रेड सुटकेस’ हेरेका छन् । छोरी मानुषी भट्टराईसँगै

काठमाडौँ, २ बैशाख । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ले देशैभर आक्रामक व्यापार गरेको छ । शुक्रबार र शनिबार फिल्मले

काठमाडौँ, २ बैशाख । फिल्म ‘द रेड सुट्केस’ पछिल्लो समय बलियो ‘वर्ड अफ माउथ’ पाउने फिल्म बनेको छ । नयाँ

मुम्बई, २ बैशाख । अभिनेता सलमान खानको मुम्बईस्थित निवास बाहिर हवाई फायरिङ भएको छ । आज बिहान ५ बजे मोटरसाइकलमा