छोरीको बलात्कारपछि हत्या गर्ने बुवा जेल चलान

कञ्चनपुर, ३ फागुन । जिल्ला अदालत कञ्चनपुरले तीन वर्षीया छोरीको बलात्कारपछि हत्या गर्ने बुवालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।

जिल्ला अदालत कञ्चनपुरका श्रेस्तादार हरिकृष्ण अवस्थीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित सालघारीका इन्द्र चुनारा पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

भीमदत्त नगरपालिका–१८ सालघारीका सौतेला बुबा चुनाराले गत पुस १४ गते घरमा कोही नभएको अवस्थामा तीन वर्षीया झट्केली छोरीको बलात्कारपछि हत्या गरेका थिए ।

बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा चुनाराले बालिकालाई कुटपिट गर्नुका साथै बलात्कार गरेको प्रहरी समक्ष स्विकारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, १७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व युवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका

काठमाडौँ, १७ फागुन । राष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमको नाममा गरिएको सिफारिसका विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०

काठमाडौँ, १६ फागुन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले आफ्नो पदबहाली भएको भएको १०० दिन पुगेका अवसरमा मन्त्री

काठमाडौँ, १६ फागुन । समृद्ध नेपाल सुखी नेपालीको महान् अभियान बोकेर मुलुकको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली तथा स्वास्थ्य