कोरोना संक्रमकसँग नजिक सम्पर्कमा आएको पत्ता लगाउने बन्यो मोबाइल एप

एजेन्सी, १ फागुन । कोरोनका कुनैपनि संक्रमितसँग नजिकी संम्पर्कमा आएकाबारे सूचित गराउने चिनियाँ सरकारले नयाँ एप निर्माण गरेको छ । बीबीसीका अनुसार यसमा भाइरस लाग्ने जोखिममा हुनासाथै सो एपले हामीलाई चेतावनी दिने बताइएको छ ।

यसमा कोरोना भाइरस लागेको पक्का भएको वा शंका गरिएका व्यक्तिको नजिकमा आउनासाथै एपले खबर गर्नेछ । हाल कोरोनाको लक्षण भएका वा भाइरस पहिचान भएका मानिसहरुलाई घरैमा बस्न वा स्थानीय स्वास्थ्य अधिकारीहरुलाई तत्कालै जानकारी गराउन सुझाव दिइएको छ । यस प्रविधिले भने नागरिकहरुमाथि चिनियाँ सरकारको कडा निगरानीतर्फ पनि केन्द्रित गराएको छ । किनकी सो एपकालागि तिनै डाटाहरु प्रयोग गरिनेछ ।

यसलाई प्रयोग गर्न, अलिपे, विच्याट लगायतका पेमेन्ट एपहरु मार्फत आफ्नो फोनमा क्यु आर कोड स्क्यान गराउनुपर्ने हुन्छ । यसपछि एपमा फोन नम्बर मार्फत रेजिस्टर गराइ प्रयोगकर्ताहरुलाई आफ्नो नाम र आइडी नम्बर पनि राख्न लगाइन्छ । यो एप चिनियाँ सरकार र चाइना इलेक्ट्रोनिक्स टेक्नोलोजी ग्रुप कोर्पोरेसनको सहकार्यमा निर्माण गरिएको हो जसका डाटा भने राष्ट्रिय स्वास्थ्य तथा यातायात निकायबाट प्राप्त गरिनेछ । चीनले सिसिटिभी र फेसियल रिकग्निसन मार्फत आफ्ना जनतालाई नजिकबाट निगरानी गर्ने गरेको छ जसकै आधारमा एप सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, १५ असोज । गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना पुष्टि भएको छ ।  क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप

इरुवा, १५ असोज । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्धार गरेको छ । बली दिन

काठमाडौँ, १५ असोज । भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा

काठमाडौँ, १५ असोज । बुटवलको कोरोना विशेष अस्पतालमा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल १/१ जना गरि थप