लागु औषध गाँजासहित दुई महिला पक्राउ

महोत्तरी, २५ माघ । लागुऔषध गाँजासहित प्रहरीले महोत्तरीबाट दुई महिलालाई पक्राउ गरेको छ ।

शुक्रबार बेलुका जलेश्वर नगरपालिका–२ नगरपालिका चोक नजिकै माछा बजार सडकमा खटिएको प्रहरी टोलीले चेकिङ्ग प्वाईन्ट खडा गरी सवारी साधनहरुको चेक जाचँ गर्ने क्रममा पुर्व मटिहानी चोक तर्फबाट पश्चिम बखर गाउँ तर्फ जान लागेको ज १ स १३१२ नम्बरको टेम्पोलाई रोकी टेम्पोमा सवार रहेका दुईमहिलालाई १२ केजी लागु औषध गाँजा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ पर्नेमा पर्साको साविक गा.वि.स. सखुवा पर्सौनी-२ हाल मधुवनी गाउँपालिका-४ औराहा गाउँ बस्ने ४५ वर्षीया सलटनी माझी मुसहर र सोही ठाउँ बस्ने ४८ वर्षीया पानो देवी पासवान रहेको छ ।

दुवैको साथबाट ६/६ केजी लागु औषध गाँजा बरामद भएको हो । गाँजासहित पक्राउ परेका दुवै माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । आकाशमा दुई घण्टासम्म फन्को मारेको बुद्ध एयरको जहाज काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

काठमाडौँ, ११ असोज । काठमाडौँ जिल्लामा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । तीन दिनसम्म चल्ने

काठमाडौँ, ११ असोज । चलचित्रकर्मीले दसैँको फूलपातीबाट सिनेमा घर खुल्ने आशा गरेका छन् । निषेधाज्ञाका कारण बन्द रहेका उपत्यकाका सिनेमा घरलाई

काठमाडौँ, ११ असोज । सरकारले नजिकिएका चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला गर्ने भएको छ । चाडपर्वलाई लक्षित गरी

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021