प्रधानमन्त्री ओलीलाई राष्ट्रनिर्माता अवार्ड प्रदान

काठमाडौँ, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एसियाली दूरद्रष्टा नेता तथा राष्ट्रनिर्माण अवार्ड (आमो भिजिनरी लिडर एण्ड नेशन बिल्डर अवार्ड–२०२०) प्रदान गरिएको छ ।

काठमाडौँमा आयोजित नेपाल व्यवस्थापन सङ्घको ३९ औँ राष्ट्रिय सम्मेलनको अवसरमा ‘एशियाली नेतृत्वकर्ता पुरस्कार वितरण कार्यक्रम’ मा प्रधानमन्त्री ओलीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

सो अवसरमा प्राधानमन्त्री ओलीले लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त सङ्घीय लोकतान्त्रिक संविधानको प्रभावकारी कार्यान्वयनसँगै सरकार समृद्धिको बाटोमा अगाडि बढिरहेको भन्दै जनतालाई ढुक्क हुन अपिल गरेका थिए  ।

उनले भने, ‘नेपाल स्रोत र साधनले धनी देश हो, अब यी स्रोतसाधनको प्रयोग गर्दै स्वदेशमै रोजगारीको सिर्जना गरी विदेसिएका युवालाई नेपाल फर्काउने अभियानमा सरकार लागिपरेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021