आमालाई मृत्यु पहिले हात हल्लाउँदै गरेको एक बालकको फोटो उत्कृष्ट

काठमाडौँ, २४ माघ । हाइड्रोसेफालुस रोगका कारण अकालमै मृत्युवरण गरेका बरियारपुर रौतहटका दुई वर्षीय बालक बजरंगी मिश्रले आफ्नो आमालाई मृत्यु पहिले हात हल्लाउँदै गरेको फोटो यो वर्षको आइएमई–ग्लोबल–आइएमई बैंक फोटो अफ द इयर घोषित भएको छ

आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधि नभेष चित्रकारले प्राप्त गरेका छन् । फोटो पत्रकार निभेष चित्रकारको फोटो आइएमई–ग्लोबल आइएमई बैंक फोटो अफ द इयर ०७६ घोषित भएसँगै चित्रकारले उपाधि जितेका हुन्  । चित्रकार उक्त उपाधिसँगै अन्य दुई विधामा प्रथम र एउटा विधामा तेस्रो स्थान हात पार्न सफल भएको छ ।

त्यस्तै सुरज श्रेष्ठको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जितेको छ । डेली लाइफ विधामा गोपेन राई, अर्घाखाँची सिमेन्ट न्युज विधामा दिपेन श्रेष्ठ, नेचर एन्ड वाइल्ड लाइफमा नभेष चित्रकार, डिसहोम स्पोर्टस विधामा विकास द्धारे र नेप्टोस फोटो स्टोरीमा नभेष चित्रकारको फोटो प्रथप भएको छ । यसबाहेक दिपेन श्रेष्ठले अर्घाखाँची सिमेन्ट न्युज विधा, सुबिर थापाले सिटी एक्सप्रेस कलचर एण्ड टुरिजम विधामा जित हासिल गरेका छन् ।

एजेन्सी फ्रान्स प्रेस (एएफपी) का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलले उत्कृष्ट फोटो छानेको हो । ‘आइएमई–ग्वोबल–आइएमई बैंक फोटो ‘अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ  प्राप्त गरेका छन् । नेपाल पर्यटन बोर्डको सहकार्यमा तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजनमा फोटो प्रतियोगिता फोटो पत्रकार क्लबले आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । आकाशमा दुई घण्टासम्म फन्को मारेको बुद्ध एयरको जहाज काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

काठमाडौँ, ११ असोज । घोडाघोडी यातायात प्रालिले पूर्वमा बस सेवा विस्तार गरेको छ । यसअघि काठमाडौँ–जोमसोम–मुक्तिनाथ,काठमाडौँ–बेनी–दर्वाङ, काठमाडौँ–बुर्तिवाङ–रुकुमकोट, काठमाडौँ–जाजरकोटलगायतका स्थानमा बस

काठमाडौँ, ११ असोज । चलचित्रकर्मीले दसैँको फूलपातीबाट सिनेमा घर खुल्ने आशा गरेका छन् । निषेधाज्ञाका कारण बन्द रहेका उपत्यकाका सिनेमा घरलाई

काठमाडौँ, ११ असोज । सरकारले नजिकिएका चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला गर्ने भएको छ । चाडपर्वलाई लक्षित गरी

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021