भूपरिवेष्ठित राष्ट्र नेपाल छिट्टै जलमार्गबाट विश्वसँग जोडिने छ : प्रम ओली

काठमाडौँ, २४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भुपरिवेष्ठित राष्ट्र नेपाल छिट्टै जलमार्गबाट विश्‍वसँग जोडिने बताउनुभएको छ ।

शुक्रबारबाट सुरु भएको कान्तिपुर कन्क्लेभको दोस्रो संस्करणमा विद्वत प्रवचन दिँदै प्रधानमन्त्री ओलीले भूपरिवेष्ठित राष्ट्र भए पनि छिट्टै विश्‍वसँग जोडिने बताउनभुयो ।

प्रधानमन्त्रीओलीले दुई वर्षअघि प्रधानमन्त्रीका रुपमा जनताले गरेको विश्वासलाई जिम्मेवारीपूर्वकनिर्वाह गर्दै विकासको यात्रालाई नेतृत्व प्रदान गरेको बताउँदै उहाँले भन्नुभयो, ‘भूपरिवेष्ठित राष्ट्रनेपाल छिट्टै जलमार्गबाट विश्वसँग जोडिने छ र हाम्रा ठूला नदीहरुमा राष्ट्रियध्वजावाहक पानीजहाजहरु चल्न थाल्नेछन् । मेरो कार्यकालको मध्यतिर आइपुग्दा हामीले देशमा सकारात्मक उर्जा सञ्‍चार गर्न सफल भएका छौं । यस्तै हामीले विकासका लागि राम्रो जग पनि खडा गरेका छौं । हाम्रो देशले अगाडि बढ्न सही ट्रयाक समातेको छ ।’

देशको निर्णायकभूमिका र विकासको मुद्दा अब केवल केन्द्रको नीतिमा मात्रै भर पर्नु नपर्ने बताउँदै प्रधानमन्त्री ओलीले प्रदेश सरकार र स्थानीय तहले पनि संवैधानिक रुपमैकेन्द्र जस्तै शक्ति र अधिकार प्राप्त गरेको स्पष्ट पार्नुभयो ।

कुनै पनि विकास र समृद्धिको यात्रामा असम्भव भन्ने कुराहरु इतिहास हुँदै गइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘आर्थिक विकासले बहस अहिले प्राथमिकतामा परेको छ । अनिश्चितता र भ्रम इतिहासका विषय बनेका छन् । नीतिमा स्थायित्व, निश्चितता र स्थीरतालेहाम्रो विश्वनियता बढाएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न थालेको छ । बिहीबार परीक्षणको रुपमा सुरु गरिएको अनलाइन

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले