कांग्रेसद्वारा भ्रष्टाचारीको पक्षमा वकालत गर्दै आज पनि संसद अवरुद्ध

काठमाडौँ, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको प्रतिनिधिसभाको बैंठकमा भ्रष्टाचारीको पक्षमा वकालत गर्दै संसद अवरुद्ध गरेको छ ।

आज दिनको ठिक १ः२० मा शुरु भएको बैठकमा ललिता निवास (वालुवाटार) काण्डमा संलग्न भएको आधारमा कांग्रेसका उपसभापति तथा संसदिय दलका उपनेता विजयकुमार गच्छादारलाई अख्तियार दुरुपयोग अनुसन्धानले कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको भन्दै सदन अवरुद्ध गरेको हो । हिजो पनि कांग्रेसले सोही वियायमा संसद अवरुद्ध गरेको थियो ।

भ्रष्टाचारको ठूलो जरो गाडेको उक्त काण्डमा मुछिएका नेता गच्छदार निर्दोश रहेको र दोषीलाई सत्ताको आडमा छोडिएको भन्दै विरोध गर्दै संसद अवरुद्ध गरेको हो । संसदमा आफ्नो धारणा राख्दै कांग्रेसका सांसद मिन विश्वकर्माले अख्तियारले गरेको व्यवहार सरकारको छायाँ बनेको आरोप लगाउनुभयो । उहाँले राजनीतिक प्रतिशोध साधेको उल्लेख गर्दै आफ्नालाई काखा अरुलाई पाखा लगाएको आरोप लगाउनुभयो ।

पटक पटक सभामुख अग्नी सापकोटाले सदनको कामकारवाहीलाई सुचारु गर्न अनुरोध गर्दा समेत कांग्रेसले उक्त अनुरोधलाई अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021