बमजनलाई पक्रन प्रहरी आश्रममा

काठमाडौँ, २४ माघ । शुक्रबार बिहान राम बहादुर बमजनलाई पक्रन नेपाल प्रहरीको टोली सिन्धुली स्थित आश्रम पुगेको छ ।

हत्या- हिंसा, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको आरोप लागेका बमजनलाई बिहान छ बजेदेखि प्रहरीले आश्रम र वरिपरीको जंगलमा खोजेपनि भेटाएको भने छैन ।

आश्रमस्थित उनी बस्ने मूल घरमा ताला लागेको प्रहरी स्रोतले बतायो । प्रहरी स्रोतका अनुसार सिन्धुली जिल्ला अदालतबाट बिहीबारै बमजन पक्राउको अनुमति लिइएको थियो ।

उनिमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी,एक अनुयायीलाई बेपत्ता पारेको  र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप छ ।

आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फुलमाया रूम्बा बमजनका आश्रमबाट बेपत्ता पारिएका छन् । त्यस्तै बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुली स्थित आश्रमबाट बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा