चीनका नेपालीलाई तुरुन्त ल्याउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ, २४ माघ । प्रधानमन्त्री केपी ओलीले नोवेल कोरोना भाइरस संक्रमणको भयका कारण चीनको हुपे प्रान्तबाट फर्कन चाहने नागरिकलाई अविलम्ब स्वदेश ल्याउन निर्देशन दिएका छन् ।

बालुवाटारमा बिहीबार आयोजित विशेष बैठकमा प्रधानमन्त्री ओलीले नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति निर्धारित कार्ययोजनाअनुरूप तयारीमा जुट्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले चीनबाट फर्कन चाहने नेपालीका लागि क्वारेन्टाइनस्थल व्यवस्थित गरेर मात्र स्वदेश ल्याउन निर्देशन दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्ध रूपमा सम्पन्न गर्न ध्यानाकर्षण गराएका थिए ।

बैठकमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, मुख्यसचिव र सम्बद्ध मन्त्रालयका सचिव एवं सुरक्षा अधिकारी सहभागी थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गरेका थिए। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021