श्रम सम्झौता कार्यान्वयनको प्रभाव : मलेशिया जाने कामदार बढे

काठमाडौँ, २४ माघ । मलेशियासँगको नयाँ श्रम सम्झौता कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नयाँ नेपाली कामदारको संख्या बढ्न थालेको छ । नेपाल सरकारले मलेशिया सरकारसँग गरेको नयाँ श्रम सम्झौता गत भदौदेखि कार्यान्वयनमा आएको हो ।

त्यसयता नयाँ श्रमस्वीकृति तथा वैधानिकीकरण भएर मलेशिया जाने कामदारको संख्या बढ्दै गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ ।

चालू आर्थिक वर्षको पुुससम्ममा २२ हजार ८१४ जना नयाँ नेपाली कामदार मलेशिया गएका छन्, जुन गत आवको सोही अवधिको भन्दा ७७९ दशमलव ८३ प्रतिशतले बढी हो । गत आवको पुससम्म २ हजार ५९३ जना मात्र नेपाली नयाँ श्रमस्वीकृत लिएर मलेशिया पुगेका थिए ।

पुनः श्रमस्वीकृति लिएर भने १५ हजार १६७ नेपाली मलेशिया गएका छन्, जसअनुसार पुससम्म ३७ हजार ९८१ जना नेपाली कामदार त्यहाँ गएको देखिन्छ । गत आवमा मलेशियामा कुल १७ हजार ८३० जना नेपाली कामदार गएका थिए ।

म्यानपावरद्वारा कामदारहरू ठगिएको भन्दै सरकारले २०७५ जेठदेखि मलेशियाका लागि श्रमस्वीकृति दिन रोक लगाएको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021