महँगो देशको सूचीमा नेपाल १ सय २२ औं स्थानमा

काठमाडौँ, २४ माघ । युरोपेली देश स्विटजरल्याण्ड विश्वको सबैभन्दा महँगो देश बनेको छ । ८६ लाख आवादी रहेको सुन्दर देशहरुमध्यको एक स्विटजरल्याण्ड सबैभन्दा महँगा देशहरुको सूचीमा पहिलो स्थानमा परेको हो । त्यसैगरी करिब ५४ लाख आवादी रहेको देश नर्वे उक्त सूचीमा दोस्रो स्थानमा र ३ लाख ६३ हजार जनसंख्या रहेको आइसल्याण्ड तेस्रो स्थानमा परेको छ ।

महँगो देशको सूचीमा नेपाल १ सय २२ स्थानमा परेको छ भने सस्तो देशको सूचीमा यो ११ औं स्थान हो । सबैभन्दा महँगो एसियाली देश जापान उक्त सूचीमा चौथोमा परेको छ । त्यसलाई पछ्याउँदै सिंगापुर नवौं स्थान र दक्षिण कोरिया १० औं स्थानमा परेका छन् । त्यसैगरी दोस्रो ठूलो अर्थतन्त्र भएको चीन महँगो देशको यो सूचमा निक्कै तल ८० औं स्थानमा परेको छ भने अमेरिका २० औंमा छ ।

विश्वको सबैभन्दा सस्तो देशको सूचीमा पाकिस्तान पहिलो स्थानमा परेको छ भने दोस्रोमा अफगानिस्तान र तेस्रोमा भारत परेका छन् । अमेरिकाको आर्थिक अखबार सीइओ वर्ल्डले विश्वका १ सय ३२ देशको सर्वेक्षण गरी उक्त सूची जारी गरेको हो ।

यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ भदौ । चीनको सिचुवान प्रान्तको लुझउ सहरमा ६ रेक्टर स्केलको भूकम्प गएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । लुसियानमा

काठमाडौँ, ३० भदौ । हेइटीमा जुलाई पहिलो साता राष्ट्रपति जोभनेल मोइजको हत्यामा संलग्न रहेको हुनसक्ने विषयबारे भइरहेको अनुसन्धानकाबीच प्रधानमन्त्री एरिअल आङ्ग्रीलाई

काबुल, २८ भदौ । अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि विवादास्पद अफगानिस्तान र पाकिस्तान सीमामा फेरि द्वन्द्व सुरु भएको छ । पाकिस्तानको

एजेन्सी, २८ भदौ । इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले ५.१ म्याग्नीच्युडको भूकम्प

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021