उचित समयमा संविधान संशोधन हुन्छ : अध्यक्ष प्रचण्ड

सिरहा, २३ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयको माग र आवश्यकतालाई मूल्याङ्कन गरी उचित समयमा संविधान संशोधन हुने बताउनुभएको छ ।

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा बिहीबारदेखि सुरु भएको दोश्रो झण्डा मेला महोत्सव २०७६ को उद्घाटन गर्दै अध्यक्ष मधेशको विकासबिना मधेशी जनताको आवश्यकतालाई सम्बोधन गर्न सकिन्न भन्ने कुरामा आफू र आफ्नो पार्टीले बुझेको बताउनुभयो ।

मधेशका असन्तुष्ट दलहरुप्रति लक्षित गर्दै अधिकार र पहिचान कायम गर्न लागि आफू समर्पित रहेको बताउँदै उहाँले भन्नुभयो, ‘हामी सम्पूर्ण जनताको अधिकार आवश्यक समयमा संविधान संशोधन गरेरै भए पनि पूरा गर्नेछौँ’, उचित समयमा संविधानपनि संशोधन हुन्छ ।’

हिमाल, पहाड, तराई–मधेश सबैलाई एकताको सुत्रमा जोड्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताउनुभयो । तराइ(मधेश, हिमाल र पहाडका ऐतिहासिक, सांस्कृति कुराहरु बुझेर देशलाई एकताको सुत्रमा बाँध्नका लागि आफूले पुलको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन दसैँमा परेका कारण

काठमाडौँ, ११ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुने बताउनुभएको छ । पार्टी

काठमाडौँ, ११ असोज । संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण

काठमाडौँ, ११ असोज । राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021