अब एक दिन पनि गुमाउने स्थिति छैन : अध्यक्ष दाहाल

काठमाडौँ, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले जनताको सेवामा लाग्नुको कुनै पनि विकल्प नरहेको बताएका छन ।

आज पोखरामा पार्टी निकट राष्ट्रिय युवा सङ्घ कास्कीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले बाँकी तीन वर्ष समेत पूरै काम गर्न पाउने अवस्था नरहेकाले पार्टी, जनसङ्गठन र जनताबीचको सम्बन्धलाई सुदृढ बनाउँदै विकास निर्माणका कामलाई नयाँ ढङ्गले गति दिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘सरकारको दुई वर्ष बित्यो, तीन वर्ष पूरा काम गर्न पाउने स्थिति छैन, अन्तिम वर्षमा फेरि चुनाव लाग्छ । दुई र बढीमा साढे दुई वर्षको अवधिमा अब एक दिन पनि गुमाउने स्थिति हामीलाई छैन ।’

बैठकले पार्टी एकीकरणमा ढिलाइ हुँदा उत्पन्न मनोविज्ञान, चिन्ता र अन्यौलको स्थितिलाई समाप्त पारेको बताउदै उनले भने, ‘ढिलै भए पनि हामीले अन्यौलको स्थितिलाई सफलता र उत्साहका साथ चिरेका छौँ, राम्रो अन्तरघुलनसहित सबै निर्णयहरु एकमत र सर्वसम्मतले गरेका छौँ, अब अगाडि बढ्नलाई केही रोकावट छैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नेपाल राष्ट्र बैंकले सोमबार तोकेको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

काठमाडौँ, १० असोज । आज आइतवार शेयर बजार घटेर राताम्मे भएको छ । नेप्से आज ६१ दशमलव २७ अङ्कले घटेर दुई

काठमाडौँ, १० असोज । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, १० असोज । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021