अटो दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर, २३ माघ । विराटनगरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बिहीबार विहान विराटनगर महानगरपालिका-१० अरनिको कलेज नजिकै को २ ह २११३ नम्बरको अटो अनियन्त्रित भइ दुर्घटना हुँदा चालक ४५ वर्षीय सलिम मियाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका मियाँको विराटनगरको न्युरो अस्पतालामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दुर्घटनामा अटोमा सवार अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा विराटनगर-१० की ५५ वर्षीय मधुश्री मिश्र, ६५ वर्षीय अरुणा नन्द मिश्र र १९ वर्षीय शिवम सरब रहेका छन् । उनीहरुको न्युरो अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असोज । आज आइतवार शेयर बजार घटेर राताम्मे भएको छ । नेप्से आज ६१ दशमलव २७ अङ्कले घटेर दुई

काठमाडौँ, १० असोज । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, १० असोज । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

काठमाडौँ, १० असोज । नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021