घटेनन् सीपबिना नै विदेश जाने महिला

काठमाडौँ, २३ माघ । सरकारले सीपयुक्त जनशक्तिलाई प्राथमिकता दिँदै आए पनि विदेश जाने अधिकांश महिला सीपबिना नै जाने गरेको पाइएको छ ।

वैदेशिक रोजगार विभागले तयार गरेको प्रतिवेदनले रोजगारीमा जानेमध्ये पुरुषको तुलनामा महिला श्रमिक सीपबिना नै विदेशिने धेरै रहेको पाइएको हो । सो प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा गएका महिलामध्ये ५९ प्रतिशत अदक्ष श्रमिक रहेका छन् ।

सो प्रतिवेदनमा कुल महिला श्रमिकमध्ये ५८ दशमलव ८४ प्रतिशत कुनै पनि सीपबिना नै जाने गरेको उल्लेख छ । प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा जानेमध्ये उच्च दक्षतायुक्त सीप भएका महिलाको सङ्ख्या ०.०६ प्रतिशत अर्थात् ६१ जना मात्र रहेका छन् ।

यसैगरी उच्च दक्षतायुक्त सीप भएका पुरुषको सङ्ख्या ०.०५ प्रतिशत अर्थात् ७८७ रहेको पाइएको छ । विगत तीन वर्षमा पेसाविद्का रूपमा श्रम स्वीकृति लिएर गएका महिलाको हिस्सा ०.३० प्रतिशत अर्थात् २९४ हुँदा सोही पेसामा जाने पुरुषको सङ्ख्या ०.११ प्रतिशत अर्थात् एक हजार ७४५ रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ ।  बजेट प्रमाणीकरण भएसँगै

काठमाडौँ, ७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४०४ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021