‘अर्जुन दृष्टि’ लगाएर काम भईरहेको छ, अबको ५ वर्षमा निजगढ विमानस्थल : मन्त्री भट्टराई

काठमाडौँ, २३ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ५ वर्ष्भित्र निजगढ विमानस्थल बनाइसक्ने दाबी गरेका छन् । देशकै ‘गेम चेन्जर’ परियोजना भएकाले सरकारले यसको निर्माणका लागि ‘अर्जुन दृष्टि’ लगाएर काम गरिरहेको उनको भनाइ छ ।

नेपालका विमानस्थलहरूको वर्तमान अवस्थाबारे जानकारी दिन बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले प्राविधिक काम सल्टाउँदै स्वीट्जरल्यान्डको ज्युरिख एयरपोर्टसँग व्यावसायिक प्रस्ताव मागिएको जानकारी दिए । ‘जग्गा अधिग्रहण, टाँगिया बस्ती स्थानान्तरण तथा रूख कटानका विषयमा करीब सहमति भइसकको छ,’ उनले भने, ‘लगानी र निर्माणको बारेमा लगानी बोर्डले स्वीट्जरल्यान्डको ज्युरिख एयरपोर्टसँग व्यावसायिक प्रस्ताव मागिसकिएको छ । अबको ५ वर्षमा निजगढ विमानस्थल निर्माण सम्पन्न गरिनेछ ।’

काठमाडौंको अधिक ट्राफिक चाप घटाउन र मुलुकको समग्र विकासका लागि यो आयोजनाको विकल्प नरहेको मन्त्री भट्टराईको धारणा छ । अबको ५ वर्ष्भित्र नेपालमा हवाई पूर्वाधारको अवस्थामा धेरै सुधार आउने भन्दै उनले अहिले वार्षिक २० लाख पर्यटक आउने लक्ष्य राखिएकोमा अबको ५ वर्षपछि वार्षिक १ करोड पर्यटक नेपालमा भित्रिने दाबी गरे । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । थप १ हजार ५ सय ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८१

काठमाडौँ, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जस्ताको तस्तै खडा रहेको बताएका छन् । आज

काठमाडौँ, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले दुई

काठमाडौँ, ३१ भदौ । नेकपा एमालेकी उपाध्यक्ष तथा वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमाले विभाजनविरुद्ध एकजुट बन्न आग्रह गरेकी छन् ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021