घुससहित नापी सर्वेक्षक पक्राउ

काठमाडौँ, २२ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगक बाँकेका नापी कार्यालय सर्वेक्षक यामबहादुर खत्रीलाई ३५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगंजबाट खटिएको टोलीले हाल साबिक भिडाउने काम बापत सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा नापी कार्यालय बाँकेबाट उनलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारले सर्वेक्षक खत्रीसँगै आफूलाई लेखापढीको काम गर्ने बताउने रुकुम पश्चिम चौरजहारी नगरपालिका-७ का प्रताप केसीलाई पनि नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको